Logo

आइसीसी टी-२० आई वरियतामा सन्दीप र ललितले मारे छलाङ



काठमाडौं, ११ असार । आइसीसी टी-२०आई वरियतामा बलिङतर्फ नेपाली क्रिकेटर सन्दीप लामिछानेले एकै पटक ४१ स्थान सुधार गरेका छन् । यसअघि शीर्ष एक सयमा नअटाएका सन्दीप स्कटल्याण्ड सिरिजपछि ४१ स्थान सुधार गर्दै ७५ स्थानमा आइपुगेका हुन् ।

सन्दीपले स्कटल्याण्ड र नेदरल्याण्ड्सविरुद्ध राम्रो प्रदर्शन गरेका थिए । बलिङतर्फ नै ललित राजवंशी पनि २९ स्थान सुधार गर्दै ५४ औँ स्थानमा उक्लिएका छन् । दीपेन्द्रसिंह ऐरी ८०औँ स्थानमा छन् ।

टी-२०आईको ब्याटिङतर्फ १० स्थान सुधार गर्दै कुशल भुर्तेल ८३औँ स्थानमा रहँदा कप्तान रोहित पौडेल ६६, दीपेन्द्रसिंह ऐरी ६१ र आसिफ शेख ७७ स्थानमा छन् ।

टी-२०आईको अलराउण्डर वरियतामा दीपेन्द्र तेस्रो स्थानमा कायमै छन् । कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ३२, गुल्सन झा ६०, रोहित ६६, कुशल मल्ल ६७ र करण केसी ८१औँ स्थानमा छन् ।

वरियतामा नेपाल १८औँ स्थानमा यथावत् छ ।

प्रतिक्रिया दिनुहोस्