ताप्लेजुङ, १७ असोज । ताप्लेजुङमा आईएमई मनिट्रान्सफर लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
सदरमुकाको वीरेन्द्रचोकमा रहेको आईएमईबाट बिहान साढे नै बजेतिर लुटपाट भएको थियो । घटनामा संलग्न भएको आरोपमा फुङलिङ नगरपालिका-२ घर भएका एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुका प्रहरी नायव उपरिक्षक कैलास राईले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिसँग ६ लाख नगद र केही गहना भेटिएको पनि उनले बताए । अम्बर श्रेष्ठको आईएमईबाट ११ लाख ५५ हजार नगद र सुनसहित झण्डै नौ करोड रुपैयाँ बराबरको सम्पती लुटपाट भएको व्यवसायीको दाबी छ ।






