Logo

आईजीपी नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा परेकाे मुद्दा हेर्दाहेर्दैमा



काठमाडौँ, २१ वैशाख । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीश सुष्मालता माथेमाको इजलासमा भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

विधि मिचेर आफूभन्दा कनिष्ठलाई आईजीपी नियुक्त गरेको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । बहसको क्रम नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्