Logo

आईजीपी नियुक्ति विवाद मुद्दामा आज जवाफी बहस हुँदै



काठमाडौँ, २७ असार । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा सोमबार सुनुवाइ हुँदै छ ।

प्रहरीको महानिरीक्षक (आइजिपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सुनुवाइ हेर्दाहेर्दैमा राखेर सोमबारका लागि पेसी तोकेको थियो ।

आईजीपी सिंह तर्फका कानुन व्यवसायी र सरकारी वकिलको बहस सकिएपछि रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो ।

वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । यो मुद्दामा आज अन्तिम फैसला आउन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्