काठमाडौँ, १९ असार । आईजीपी बढुवाविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
गत सोमवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दाको सु्नुवाइ आज हुन लागेको हो ।
धिरज प्रताप सिहंलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सो रिटमाथि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ । गत सोमबार प्रतिवादीका तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहितका सरकारी वकिलहरूले बहस गरेका थिए । आज आईजीपी सिंहको पक्षबाट उनका निजी वकिलहरूले बहस गर्ने भएका छन् ।







