काठमाडौँ, ५ असार । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ।
गत जेठ ३० मा हेर्दाहेर्दैमा राखिएको रिटको पेशी आजका लागि तोकिएको हो।
वैशाख १८ गतेको मन्त्रीपरिषद् बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि असन्तुष्ट देखिएका एआईजी विश्व प्रकाश पोखरेलले सर्वोच्चतमा रिट दायर गरेका थिए।