Logo

आईपीएल: चेन्नईले हैदराबादलाई १३ रनले हरायो



मुम्बई, वैशाख १९ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । गएराति भएको खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई १३ रनले हराएको हो ।

चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि निकोलस पुरनले ६४ रनको अर्धशतकीय पारी खेले। यस्तै, कप्तान केन विलियम्सनले ४७ रन बनाए भने अभिषेक शर्माले ३९ र शशाङ्क सिंहले १५ रन जोडे ।

चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए भने मिचेल सान्टर र ड्यानी प्रेटोरियसले एक-एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।

चेन्नईका लागि ऋतुराज गायकवाडले सर्वाधिक ९९ रनको अर्धशतकीय पारी खेले । यस्तै, डेभोन कोन्वेले ८५ रनको अर्धशतकीय पारी खेले । कप्तान महेन्द्र सिंह धोनी ८ रनमा आउट भए । हैदराबादका टी नटराजनले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्