Logo

आईपीएल: पञ्जाबसँग चेन्नई पराजित



मुम्बई, १३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई ११ रनले हराएको छ ।

गएराति मुम्बईमा भएको खेलमा पञ्जाबले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि अम्बाती रायडुले ७८ रनको अर्धशतकीय इनिङ खेले ।

पञ्जाबका कागिसो राबडा र ऋषि धवनले २-२ विकेट लिए । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर एक सय ८७ रन जोडेको थियो । पञ्जाबका लागि शिखर धवनले अविजित ८८ रनको अर्धशतकीय इनिङ खेले । चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्