काठमाडौं, २० जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जित्न रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाब किंग्ससामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
अहमावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा पञ्जावले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैग्लोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० रनको योगफल तयार पारेको हो।
बैग्लोरका लागि विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान दिए। कोहलीले ३५ बलमा ३ चौका प्रहार गर्दा ४३ रन बनाउँदा अज्मतुल्लाह ओमारजाइको बलमा कट एण्ड बोल्ड हुन पुगे।
कप्तान रजत पाटादारले १६ बलमा १ चौका र २ छक्का सहयोगमा २६ रन बनाउँदा केल जेमिसनको बलमा एलबीडब्लु धरापमा परे। मयंक अग्रवालले २४ र ओपनर फिल साल्टले १६ रन थपे। लियाम लिभिङस्टोनले २५ रन बनाउँदा केल जेमिसनको बलमा एलबीडब्लु धरापमा परे।
१० बलमा २ चौका र २ छक्का प्रहार गर्दै २४ रन बनाएका जितेश शर्मा विजय कुमारको बलमा बोल्ड आउट हुन पुगे। रोमारियो सेफर्ड १७ रन बनाउँदा अर्सदिप सिंहको बलमा एलबीडब्लु धरापमा परे।
पञ्जावका लागि काइल जेमिसन र अर्सदिन सिंहले समान ३ विकेट झारे। अज्मतुल्लाह ओमारजाइ, विजयकुमार र युजभेन्द्र चाहालले समान एक विकेट लिए।
पञ्जावले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।