Logo

आईपीएल: राजस्थानले कोलकातालाई हरायो



मुम्बई, ६ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ । गएराति भएको खेलमा राजस्थानले कोलकाता नाइट राइडर्सलाई ७ रनले हराएको हो ।

राजस्थानले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १० रन मात्र बनाउन सक्यो । कोलकाताका कप्तान श्रेयस आयरले ८५ र आरोन फिन्चले ५८ रनको अर्धशतकीय पारी खेले ।

राजस्थानका युजभेन्द्र चाहलले ह्याट्रिकसहित ५ विकेट लिए । त्यस्तै ओबेड म्याककोयले २ तथा प्रसिद्ध कृष्ण र रविचन्द्र आश्विनले १–१ विकेट लिए ।

यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय १७ रन जोडेको थियो ।राजस्थानका लागि जोस बट्लरले १ सय ३ रनको शतकीय पारी खेले । कोलकाताका सुनिल नारिनेले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्