Logo

आईपीओ निष्कासन भएको दोस्रो दिन नै प्रक्रिया रोक्न माग



काठमाडौँ, १४ असार । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन प्रक्रिया रोक्न प्रभावितले नै माग गरेका छन् ।

सोमवारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि कम्पनीले आईपीओ निष्कासन गरेको थियो । २०७२ सालको भूकम्प र कोरोना महामारीका कारण स्थानीयवासीसँग आईपीओ भर्ने रकम नहुँदा समस्या आएकाले गोसाइँकुण्ड गाउँपालिका–१ को वडा कार्यालयले आईपीओ प्रक्रिया रोख्न माग गरेको हो ।

भूकम्प र कोरोना महामारीका कारण प्रभावित ‘क’ वर्गमा परेको वडा नम्बर १ थुमन र २ टिमुरेका स्थानीयवासी शेयर भर्न असक्षम रहेका वडा नम्बर १ का अध्यक्ष उर्केन छिरिङ तामाङले बताए । उनका अनुसार जारी मिति सारेर शेयर भर्नका लागि कम्पनी वा क्यापिटलले बैंकबाट ऋणको व्यवस्था मिलाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्