Logo

आईसीसीले सन्दीपलाई विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न दियो अनुमति



काठमाण्डौ, ५ जेठ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न अनुमति दिएको छ ।

विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न नेपाल क्रिकेट संघ क्यानले गरेको प्रस्तावलाई आईसीसीले स्वीकृत गरेको हो । योसँगै क्यानले सन्दीपलाई त्यसतर्फ पठाउने तयारी गरेको छ ।

यसअघि नै टी–२० विश्वकप क्रिकेटका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पठाइसकेको छ । त्यतिबेला सन्दीपको मुद्दा अदालतमा विचाराधीन भएकाले टोलीमा समेटिएका थिएनन् । बलात्कार मुद्दामा सन्दीपले सफाई पाएसँगै विश्वकप खेल्ने बाटो खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्