Logo

आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा, कुलश मल्ल बाहिर



काठमाडौं, २२ पुष । आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा, कुलश मल्ल बाहिर

भारतमा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सार्वजनिक गरेको टोलीमा कुलश मल्ल समावेश हुन सकेनन् भने शेर मल्ल पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन्। त्यस्तै, हालै नेपाली टोलीमा पुनरागमन गरेका आदिल आलम पनि यस पटकको टोलीमा पर्न सकेनन्।

रोहित पौडेलको कप्तानीमा घोषित टोलीमा दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकश बम रहेका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका हुन्।

फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुने विश्वकपमा नेपालले इंग्ल्यान्ड, बंगलादेश, वेस्टइन्डिज र इटालीसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालका सबै खेल भारतको मुम्बईस्थित वानखेडे रंगशालामा हुनेछन्।

प्रतिक्रिया दिनुहोस्