Logo

आईसीसी टी–२० विश्वकप : वेस्ट इन्डिजको विजयी सुरुवात, पपुवा न्युगिनी ५ विकेटले पराजित



काठमाडौँ, २१ जेष्ठ । आईसीसी टी–२० विश्वकप २०२४ मा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी) लाई ५ विकेटले हराएको छ । गएराति भएको खेलमा पिएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

वेस्ट इन्डिजका लागि रोस्टन चेजले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । पिएनजीका लागि असद भालाले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । पिएनजीका लागि सेसे बाउले सर्वाधिक ५० रन बनाए । यसअघि हिजो भएको पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडालाई ७ विकेटले हराएको थियो ।

आजै राति सवा ८ बजे दक्षिण अफ्रिका र श्रीलङ्का खेल्दैछन् । नेपालले भोलि मङ्गलवार नेदरल्याण्डससँग पहिलो खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्