काठमाडौं, २१ पुष । आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। काठमाडौँमा आयोजित विशेष कार्यक्रमका बीच विश्वकपको ट्रफीसहित नयाँ जर्सी अनावरण गरिएको हो।
कार्यक्रममा राष्ट्रिय टोलीका खेलाडी, प्रशिक्षक, क्रिकेट संघका पदाधिकारी तथा सरोकारवालाको उपस्थितिमा जर्सी प्रदर्शन गरिएको थियो। सार्वजनिक जर्सीको मूल्यसूची पनि सार्वजनिक गरिएको छ।
खेलाडीको जर्सीलाई ३ हजार ३ सय ९९, कपीवाला जर्सीको १ हजार ५ सय ९९ र फ्यानका लागि जर्सीको मूल्य ७ सय ९९ रुपैयाँ तोकिएको छ।
टी–२० विश्वकप २०२६ का लागि तयारीमा रहेका नेपाली टोलीका लागि यो जर्सी आधिकारिक खेल पोशाकका रूपमा प्रयोग हुने बताइएको छ।







