काठमाडौँ, १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आउँदो निर्वाचनमा ‘भ्रष्ट नेता’लाई भोट नदिन सबैलाई आग्रह गरेका छन् ।
शनिवार काठमाडौँमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।
उनले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीले कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर उनीहरुसँग नै नभएको आरोपसमेत लगाए भयो । उनले आगामी निर्वाचनमा भ्रष्ट नेतालाई भोट नदिने हो भने त्यो सजाय खुकुरी र तरवार चलाएको भन्दा ठूलो हुने बताए ।
यस्तै, अध्यक्ष लिङदेनले ३१ वर्षसम्म नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरुलाई नै जिताएर देश बन्छ भन्नु मुर्खता भएको बताए । उनले आफ्नो पार्टीले ५ वर्षमात्रै देशको नेतृत्व पाए देशको मुहार फेर्ने गरी काम गर्ने दाबी गरेका थिए ।