Logo

इजरायली आक्रमणबाट वरिष्ठ लडाकू कमाण्डरसहित दुई जना प्यालेस्टाइनीको मृत्यु



इजरायल, २४ साउन । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मङ्गलबार एक वरिष्ठ लडाकू कमाण्डरसहित दुई जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायल र इस्लामिक जिहाद लडाकूहरू बीचको भीषण लडाईपछि भएको युद्धविरामको कारण रोकिएको युद्धको दुई दिनपछि पुन: पछिल्लो हिंसा भएको सेनाले जानकारी दिएको छ ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयअनुसार कम्तीमा ४० प्यालेस्टाइनी घाइते भएका छन् । ती मध्ये चारको अवस्था गम्भीर रहेको छ । आतङ्कवादी इब्राहिम अल-नाबुलसी र अर्का एक आतङ्कवादी नाब्लस शहरमा मारिएका इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्