मेचीनगर, १३ फागुन । बलभद्र जनता माध्यमिक पूर्व विद्यार्थी समाज मेचीनगर-११ ले आगलागीपीडित विद्यार्थी नाजिया उरावको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
पूर्व विद्यार्थी समाजले कक्षा-८ मा अध्ययनरत मेचीनगर-१० निवासी उरावको परिवारलाई पन्ध्र हजार २०० सहयोग गरेको हो ।
मेचीनगर नगरपालिका वडा नं.१० का वडा सदस्य सोम ओझामार्फत शनिबार पूर्व विद्यार्थी समाजका अध्यक्ष नेत्र घिमिरेले उक्त रकम प्रदान गरेको संस्थाका सचिव रेवत दाहालले जानकारी दिए ।
पूर्व विद्यार्थी समाजका उपाध्यक्ष नरेश मोहोराको संयोजनमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका संस्थापक, पूर्व अध्यक्ष, कार्यसमिति सदस्य, आजिवन सदस्य, सल्लाहकार लगायतको उपस्थिति रहेको थियो ।






