Logo

आगलागीमा परी बालकको मृत्यु



सप्तरी, २ वैशाख । सप्तरीको बोदे बर्साइन नगरपालिकामा आगलागीमा परी एक बालकको जलेर मृत्यु भएको छ ।

बोदे बर्साइन नगरपालिका-१० अमरैया टोलमा आज अपराह्न आगलागी हुँदा शत्रुघन यादवका पाँच वर्षीय छोरा शैलेश यादवको जलेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

शत्रुघनकै गोठमा आगलागी हुँदा गोठमा सुतिरहेका बालकको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्