झापा, १४ पुष । आगामी निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापा जिल्ला समितिले प्रतिनिधिसभा तथा समानुपातिक तर्फका उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रीय कार्यालयमा पठाएको छ। जिल्लाका पाँच प्रतिनिधिसभा क्षेत्रबाट क्षेत्रीय समितिबाट आएका नामलाई समेटेर केन्द्रीय निर्णयका लागि सिफारिस पठाइएको जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिए।
क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ नरेन्द्रकुमार खड्का, प्रा. हेमराज कार्की र अशोक सुब्बाको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ दीपेश राई (आदिवासी जनजाति), सुमित्रा ओझा अधिकारी (महिला), बाबुराम पराजुली र लक्ष्मण खत्री (खस आर्य) समावेश छन्।
क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ राजकुमार पोखरेल, भक्तिप्रसाद सिटौला, बसन्त रिमाल, यमन भुर्तेल (जेन–जी) र रञ्जु प्याकुरेलको नाम सिफारिस गरिएको छ। समानुपातिक सूचीमा रुपदल विश्वकर्मा, धर्मराज माझी, कुमार भट्टराई, हर्कराज थुङ्गिम, आमिर खान पठान, धर्मराज राजवंशी, बिष्णुप्रसाद गिरी, करिना बेगम, देवराज परियार, गोपाल गुरुङ, प्रल्हाद खड्का र लवकुश गिरी परेका छन्।
क्षेत्र नं. ३ मा प्रत्यक्षतर्फ पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको एकल नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ सिता लम्साल, भारतेन्दु मल्लिक, रामकुमार सिंह राजवंशी, सूर्यनारायण गणेश, ऋषि नेपाल, सन्तोषी विश्वकर्मा र नन्दराम गजमेरको नाम पठाइएको छ।
क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ भक्तिप्रसाद सिटौला र केशवप्रसाद ओझाको नाम सिफारिस गरिएको छ भने समानुपातिक सूचीमा खुश्बु ओली, खेमराज कार्की, चित्रा श्रेष्ठ र तारामाया राई परेका छन्।
क्षेत्र नं. ५ मा प्रत्यक्षतर्फ लक्ष्मीप्रसाद संग्रौला, गोपालप्रसाद पौडेल र रिताकुमारी कार्की थापाको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ डा. सूर्यनारायण साह (मधेसी), भरिपूर्ण राई (आदिवासी जनजाति), शुष्मा निरौला केसी (महिला) र विजयप्रसाद बराल (खस आर्य) को नाम सिफारिस गरिएको ओझाले बताए।







