
सुनसरी, १८ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउने निर्वाचनबाट नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
सुनसरीको दुहबी नगरपालिकामा आज एमाले क्षेत्र नं ३ ले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो पार्टीले जनमत प्राप्त गर्ने विश्वास व्यक्त गरेका हुन् ।
एक वर्षमा सरकारले विकास निर्माणका आयोजनाहरू कटौती गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका आधारमा सबैलाई बराबरी हक, बराबरी सुरक्षा, बराबरी अवसर, बराबरी सम्मानका आधारमा राष्ट्रिय एकता कायम गरेर एकता प्रबद्ध प्रयासद्वारा नेपाललाई विश्वको नमूना राष्ट्रिय बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।







