Logo

आगामी निर्वाचनभन्दा देश बनाउने चिन्ता गरौँ: शर्मा



काठमाडौँ, ३० असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको चार वर्ष निर्वाचनको चिन्ता नगर्न सबै दलहरूलाई आग्रह गरेका छन् ।

शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भर्खरै निर्वाचन सम्पन्न भएको अवस्थामा आगामी निर्वाचनभन्दा देशको चिन्ता गर्न सबै दललाई आग्रह गरेका हुन् ।

‘कतिपय मान्छेलाई मिशन ०८४ लागेको छ। त्यो भनेको ०८४ मा जित्ने र बहुमत ल्याउने । ०७४ मा चुनावमा भयो‚ ०७९ को चिन्ता, ०७९ मा चुनाव भयो ०८४ को चिन्ता, ०८४ मा चुनाव भए ८९ को चिन्ता। अनि देशको चिन्ता कहिले गर्ने? मिशन ०८४ भनेर कांग्रेसले जित्ने कि नयाँ दल वा एमाले माओवादीले जित्ने भनेर थन्क्याएर राखिदिऔं’‚ उनले भने, ‘मिशन ०९४ को कुरा गरौं न । यो देशको भविष्य अबको १५ वर्षमा के बनाउन सक्छौं । हामी देशलाई कहाँ पुर्‍याउँछौँ भन्ने कुराको चिन्ता गरौं न । कांग्रेस, एमाले, माओवादीको चिन्ता पछि गर्दा हुन्छ तर अहिले चुनाव भइसकेपछि स्थानीय तह, प्रदेश र केन्द्रमा सरकार छन्। जसले जिते पनि चार वर्ष देशलाई बनाउने चिन्ता गरौं न!’

प्रतिक्रिया दिनुहोस्