Logo

आगामी निर्वाचनमा एउटै घोषणा पत्र बनाउन दाहाल-नेपाल सहमत



काठमाडौँ, ६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल आगामी निर्वाचनमा एउटै घोषणापत्र बनाउन सहमत भएका छन् ।

दाहाल र नेपालबीच सोमबार भएको छलफलमा आगामी चुनावमा एउटै घोषणा पत्र बनाउन सहमति भएको हो । त्यस्तै दुई पार्टीले निर्वाचन अघि एकता संयोजन समितिसमेत घोषणा गर्ने भएका छन् । सोमबारको भेटमा प्रचण्ड र माधव नेपासँगै वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल सहभागी थिए ।

चुनावअघि पार्टी एकता गर्न समय नपुग्ने भए पनि एकताको सन्देश दिनलाई दुई पार्टीले एकता संयोजन समिति घोषणा गर्न लागेका हुन् । २०७४ सालको निर्वाचनअघि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रले एउटै चुनावी घोषणा पत्र तयार पारेका थिए भने निर्वाचनपछि पार्टी एकता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्