काठमाडौँ, ९ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी आम निर्वाचनमा एक्लै लड्ने आँट गर्नुपर्ने बताएका छन् ।
४४औँ विपी जयन्तीको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले निर्वाचन प्रणालीका कारण चुनावमा नभएर चुनावपछि गठबन्धन गनुपर्ने बताएका हुन् ।
“अब आउने आम निर्वाचनहरूमा गठबन्धनमा त हामी जानैपर्छ । यही निर्वाचन प्रणालीबाट पनि गठबन्धनमा जानुपर्छ । यस्तो निर्वाचन प्रणाली बनाएका छौँ कि गठबन्धनबिना जान सक्दैनौं,” उनले भने, “तर, प्रि पोल अलायन्स गरेर होइन । पोष्ट पोल अलाइन्स गरेर हामी जानुपर्छ ।”
उनले एक्लै चुनावमा जाँदा एउटा दिशामा पार्टी जाने विश्वास व्यक्त गरेका थिए ।
“हामी एक्लै चुनाव लड्न सक्छौँ भन्ने आँट आजदेखि अहिलेदेखि हामीहरू गरौं आगामी निर्वाचनहरूमा कांग्रेसले एउटा दिशा लिन्छ भन्ने विश्वास छ,” कोइरालाले भने ।







