काठमाडौँ, ३० साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्थानीय तह निर्वाचनमा सर्वाधिक जनताको लोकप्रिय मत पाएकाले एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने जिकिर गरेका थिए ।
उनले उम्मेदवार तय गर्दा व्यवस्थापकीय कमजोरी भएकाले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न नसकेको बताए । तर, अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले त्यस्तो गल्ती नगर्ने उनको भनाइ छ ।
एमालेले अब जित्ने र टिक्नेहरूलाई मात्रै निर्वाचनमा उम्मेदवार बनाउने उनको भनाइ छ ।







