काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा महिलालाई उचित अवसर दिइने बताएका छन् ।
बुधबार काठमाडौँमा नेपाल महिला संघको प्रशिक्षण कार्य्रक्रममा देउवाले निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेसले धेरै भन्दा धेरै महिला प्रतिनिधिलाई उमेदवार बनाउने बताएका हुन् ।
उनले समानुपातिक सूचीमा राख्नुपर्ने अधिकतम दबाब आइरहेका बेला प्रत्यक्षमा नै चुनाव लड्न महिला नेतृहरू इच्छुक हुनु सकारात्मक कुरा रहेको बताए । देउवाले अहिले निर्वाचनमा हारजितको फैसला गर्ने सम्पूर्ण अधिकार जनतामा रहेकाले जनतामाझ गएर आफ्नो विचार प्रवाह गर्न सुझाव पनि दिए ।







