काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन निर्णायक भएको बताएका छन् ।
पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै एमाले एकजुट भएर चुनावमा जानुपर्ने बताएका हुन् ।
ओलीले भने, ‘देशको लागि आगामी निर्वाचन निर्णायक मोड हो । प्रतिक्रियावादी शक्तिहरूलाई एकमुष्ट पराजित गर्नुपर्छ । विभिन्न नाममा दक्षिणपन्थीहरूलाई एकैपटक हटाउनुपर्छ । एमालेको गन्तव्य रोक्नको लागि सबै लागिपरेका छन्। तर, हामीलाई असफल हुने छुट छैन ।’
उनले एमालेले हार्यो भने पूरै देशले हार्ने बताए । उनले एमाले देश बनाउने उद्देश्य बोकेर हिँडेको बताए ।







