सर्लाही, ७ पुस । आगो ताप्ने क्रममा जलेर सर्लाहीको हरिवनमा एक जना महिलाको मृत्यु भएको छ ।
आगोले जलेर हरिवन नगरपालिका-३ की ५५ वर्षीया गोरीमाया रखालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
आगोले जलेर घाइते भएकी रखालको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा बिहीवार दिउँसो मृत्यु भएको हो ।






