Logo

आगो निभाउन गएका १० जना किसानको जलेर मृत्यु



जिम्बाब्वे, २६ असोज । जिम्बाब्वेको दक्षिणी प्रान्त माटाबेलेल्याण्डको एसिगोदिनीमा मङ्गलबार आगलागी हुँदा १० जना किसानको जलेर मृत्यु भएको छ ।

आगो निभाउन गएका १५ जना किसानमध्ये १० जनाको घटनास्थलमा जलेर ज्यान गएको हो । ।

यसैबीच, राष्ट्रपति इमर्सन मनानगाग्वाले देशका गरिब किसानको आगलागीमा मृत्यु भएपछि अग्नि व्यवस्थापन रणनीति बनाउन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्