Logo

आङबोलाई हस्ताक्षर दुरुपयोगको आरोप, सांसदको हस्ताक्षरसहित कार्कीको मुख्यमन्त्रीमा दाबी



विराटनगर, २५ असोज । कोशी प्रदेशमा सरकार गठनका लागि मुख्यमन्त्री पदमा नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षले नेकपा एमालेको सहयोगमा दाबी पेर गरेको छ । कोइराला पक्षका ८ र एमालेका ३९ जना सदस्यसहित काँग्रेसका केदार कार्कीको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गरेका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता नेता इन्द्र आङबोले पनि सरकार गठनका लागि दाबी पेस गरेका छन् । कार्कीले प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेका छन् भने आङबोले दलका नेताहरुको हस्ताक्षरसहित दाबी पेस गरेका छन् । कार्कीको पक्षमा हस्ताक्षर गर्ने ८ जना काँग्रेस प्रदेशसभा सदस्यको हस्ताक्षर आङबोले पनि पेस गरेका थिए । तर, उनीहरुले आङबोले आफुहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुखकै अघि हस्ताक्षर गरेका छन् ।

कार्कीलाई समर्थन गर्नेमा उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीका सुनिता गुरुङ छन् । कोशी प्रदेशमा नेपाली काँग्रेस २९ प्रदेशसभा सदस्य छन् । यी मध्ये ८ जनाले कार्कीलाई समर्थन गरेका हुन् । आङबोको नेतृत्वमा सरकार बन्ने सम्भावना कम छ भने कार्कीको दाबी संविधान सम्मत हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्