काठमाडौँ, २३ जेठ । प्रदेश १, बागमती, गण्डकी र मधेश प्रदेशमा सामान्य बदली हुँदै केही स्थानमा छिटफुट वर्षा भइरहेको छ । बाँकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यीसहित थोरै स्थानमा दिउँसोदेखि रातिसम्म मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।
हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।