काठमाडौँ, २७ भदौ । आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।
अन्य ठाउँमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन् ।
केही दिन मनसुन सक्रिय रहने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सचेत रहन आग्रह पनि गरेका छन् ।






