Logo

आजको विदेशी मुद्राको विनिमयदर स्थिर



काठमाडौं, १० जेठ । नेपाल राष्ट्र बैंक ले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनार तथा बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ।

हिजो अधिकांश विदेशी मुद्राको मूल्य बढेको थियो।

प्रमुख विनिमयदर

  • अमेरिकी डलर १
    • खरिददर: १५२ रुपैयाँ ८१ पैसा
    • बिक्रीदर: १५३ रुपैयाँ ४१ पैसा
  • युरो १
    • खरिददर: १७७ रुपैयाँ १७ पैसा
    • बिक्रीदर: १७७ रुपैयाँ ८६ पैसा
  • पाउन्ड स्ट्रलिङ १
    • खरिददर: २०५ रुपैयाँ ०६ पैसा
    • बिक्रीदर: २०५ रुपैयाँ ८७ पैसा
  • अस्ट्रेलियन डलर १
    • खरिददर: १०८ रुपैयाँ ८५ पैसा
    • बिक्रीदर: १०९ रुपैयाँ २७ पैसा
  • कुवेती दिनार १
    • खरिददर: ४९८ रुपैयाँ ०८ पैसा
    • बिक्रीदर: ५०० रुपैयाँ ०३ पैसा
  • बहराइन दिनार १
    • खरिददर: ४०५ रुपैयाँ २८ पैसा
    • बिक्रीदर: ४०६ रुपैयाँ ८७ पैसा

यसअघि जेठ ७ गते अमेरिकी डलर हालसम्मकै उच्च मूल्यमा पुगेको थियो। त्यतिबेला डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम भएको थियो।

राष्ट्र बैंकका अनुसार विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुन सक्नेछ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने जनाइएको छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया दिनुहोस्