Logo

प्रचण्ड आजदेखि भारत भ्रमणमा, यस्तो छ कार्यक्रम



काठमाडौँ, ३१ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पमल दाहाल प्रचण्ड आज अपरान्ह १ बजे भारतको दिल्ली भ्रमणमा जाँदैछन् । भाजपा अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा प्रचण्ड तीनदिने दिल्ली भ्रमणमा गएका हुन् । प्रचण्डलाई भाजपा मुख्यालयमा स्वागत गरिने भएको छ।

भाजपा अध्यक्ष जेपी नड्डासंग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ । यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले सहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ ।

तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ । यस्तै भारतका विदेश मन्त्री डा. एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासंग पनि प्रचण्डको भेट तय गरिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग को भेट अहिले निश्चित नभएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्