
काठमाडौँ, १६ जेष्ठ । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि हुने परीक्षामा चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
जेठ २५ गतेसम्म परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।






