Logo

आजदेखि प्रदर्शनमा आयो ‘ह्रस्व दीर्घ’, कस्तो गर्ला व्यापार?



काठमाडौं, ३० कात्तिक । आज शुक्रवारदेखि नेपालका सिनेमा घरमा फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ । नीता ढुङ्गाना र हरिहर अधिकारीको शीर्ष भूमिका रहेको यो फिल्ममा भारतीय कलाकारको समेत अभिनय रहेको छ ।

फिल्मको बुधवारदेखि नै प्रि बुकिङ खुलेको थियो । यद्यपि यसअघि प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को व्यापार अझै पनि आक्रामक हुँदा ‘ह्रस्व दीर्घ’ ले कम शो पाएको छ ।

चन्द्र पन्तको निर्देशनमा तयार भएको यो फिल्ममा भारतीय अभिनेता ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ । एउटा पृथक शैलीको प्रेम कथा भनिएको यो फिल्म ६ करोड बजेटमा निर्माण भएको निर्माण टिमको दाबी छ ।

तुलनात्मक रुपमा हलमा कम शो पाए पनि फिल्मको अग्रिम बुकिङ भने उत्साहजनक नै छ । फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पायो भने व्यापार पनि राम्रो गर्ने अपेक्षा गरिएको छ ।

यस्तै यो फिल्ममा विपना थापा, सरोज खनाल, रेखा थापा, सञ्चिता लुङँटेल लगायतका कलाकारको समेत अभिनय रहेको छ । फिल्मले ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्