Logo

आजदेखि शहीद सप्ताह सुरु



काठमाडौँ, १० माघ । आजदेखि शहीद सप्ताह कार्यक्रम सुरु भएको छ ।

आजदेखि आउँदो सोमवारसम्म विविध कार्यक्रम गरी शहीदको सम्झना गरिन्छ ।

देश र नागरिकको मुक्तिका लागि जीवन बलिदान गर्ने शहीदहरुको सम्झनामा काठमाडौँको शहीद गेटमा शहीद गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दको शालिकमा माल्यार्पण गरिने छ भने र टेकुको पिपलबोटमा रहेको शालिकमा पनि माल्यार्पण गरिन्छ ।

जहानियाँ राणा शासनको विरुद्धमा आन्दोलनमा होमिँदा वि.सं. १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

त्यसै घटनालाई स्मरण गर्दै विसं २०१२ सालदेखि हरेक वर्ष माघ १६ गतेलाई शहीद दिवसका रुपमा मनाउने गरिएको छ । केही वर्षयतादेखि भने शहीदहरुको सम्झनामा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् ।

नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । थापाको तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाविरुद्ध प्रचार गरेको आरोपमा १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्