काठमाडौँ, २५ चैत । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशकै मुख्य प्रशासनिक केन्द्र मानिने सिंहदरबार परिसरको फोहर नउठाउने बताएका छन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आजदेखि सिंहदरबारको फोहर नउठाउने बताएका हुन् ।
मेयर शाहले लेखेका छन् ‘आजदेखि सिंहदरबारको फोहर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’







