Logo

आज एमाले सचिवालय बैठक बस्दै



काठमाडौँ, २० पुस । नेकपा (एमाले)ले सचिवालय बैठक आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

यसैबीच, पार्टीअध्यक्ष केपी शर्मा ओलीले बिहिवार प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्