Logo

आज एमाले सचिवालय बैठक बस्दै



काठमाडौँ, ३ फागुन । समसामयिक राजनीतिक विषय र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

बिहीबार दिउँसो ३ बजे एमाले सचिवालय बैठक बस्ने भएको छ । बुधबार पनि महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । नेताहरूका अनुसार फागुन दोस्रो साता केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्