काठमाडौं, १९ साउन । कक्षा १२ को परीक्षाफल आज सोमबार साँझ सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ र साँझ ५ बजे बोर्ड बैठक बसेर निर्णय लिने तयारी गरिएको छ ।
बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनअघि आवश्यक प्राविधिक परीक्षण (डेमो) आइतबार सम्पन्न भइसकेको छ ।
परीक्षा क्यालेन्डरअनुसार साउन १५ भित्र नतिजा सार्वजनिक गर्नुपर्ने हो ।
तर, शिक्षक आन्दोलनका कारण केही ढिलाइ भएको हो ।
गत चैत २० देखि सुरु भएको आन्दोलन २९ दिन लामो चलेको थियो ।
जसको असर नतिजा प्रकाशनमा परेको बोर्डले जनाएको छ ।
यस वर्षको परीक्षा ११ वैशाखदेखि सुरु हुने तय भए पनि आन्दोलनका कारण ढिलो गरी २१ वैशाखदेखि सुरु भएको थियो ।
परीक्षामा देशभरिबाट जम्मा ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए ।