Logo

आज ट्रम्प र सी भेटवार्ता हुँदै, अन्त्य होला व्यापार युद्ध ?



काठमाडौं, १३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज भेटवार्ता हुँदैछ । दुई देशबीच व्यापार युद्ध तीव्र रुपमा चर्किरहेका बेला शीर्ष दुई नेता दक्षिण कोरियाको बुसानमा भेट्न लागेका हुन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार आज कोरियाली स्थानीय समय अनुसार बिहान ११ बजे ट्रम्प र सी बीच भेट हुनेछ ।

यता चिनियाँ विदेश मन्त्रालयले पनि ट्रम्प र सी बीचको भेट समय तय भएको पुष्टि गरेको छ । चिनियाँ विदेश मन्त्रालयले दिएको जानकारी अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध र आपसी हित जस्ता मुद्दामा कुराकानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्