Logo

आज दशैँको आठौँ दिन: महागौरी देवीको पूजा आराधना



 

काठमाडौँ, १७ असोज । बडादशैँको आठौँ दिन अर्थात् महाष्टमी पर्व आज दुर्गा भगवतीकी आठौँ स्वरूप महागौरी देवीको पूजा-आराधना गरिँदैछ ।

महागौरी शिवकी शक्ति हुन् । यिनी गोरो वर्णकी र शान्त स्वरूपकी छिन् । महागौरीलाई शाम्भवी पनि भनिन्छ ।

साँढेमा बसेकी यिनले एक हातमा त्रिशूल र अर्को हातमा डमरु लिएकी छिन् । एक हातले अभय र अर्को हातले शान्त मुद्रा प्रदर्शन गरेकी छिन् ।

देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ। मध्यरातमा दशैँघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ । आफ्ना परम्परामा ग्राह्य मानिएका पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ ।

महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ । भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ । तान्त्रिक विधानअनुसार शस्त्रअस्त्रको पूजा गर्ने चलन पनि छ । नवरात्रका अरु दिन नसक्नेले यो दिन दुर्गा सप्तशती (चण्डी) पूरै पाठ गर्छन् ।

प्रतिक्रिया दिनुहोस्