Logo

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै



काठमाडौँ, २७ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजेबाट सुरु हुने भएको छ ।

झन्डै एक वर्ष पछि बस्न लागेको बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्न बिचार गरिने भएको छ । केन्द्रीय कार्यसमितिको अघिल्लो वर्ष साउनमा बैठक बसेको थियो ।

गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ ।

यसैगरी, महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा पनि बैठकमा छलफल हुनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ । साथै, सङ्गठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्