काठमाडौँ, २८ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पोखरा रंगशालामा आज विशेष समारोहकाबीच उद्घाटन हुनेछ । अपरान्ह ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले खेलको औपचारिक उद्घाटन गर्नेछन् ।
उद्घाटनमा ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने छन् । मार्चपास, झाँकी, गीत, नाचगान लगायतको कार्यक्रम रहेको छ ।
कुल ६ हजार १ सय ५७ खेलाडीको खेलाडीले ३६ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् र विजयी खेलाडी र खेलाडीका टिमले ४ सय ४ स्वर्ण र सोही अनुरुपमै रजत र कास्य पदक हात पार्ने छन् ।