काठमाडौँ, १५ जेष्ठ । नेपाल सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट आइतबार ल्याउँदैछ । जेठ १५ गते संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
अर्थमन्त्री जनार्दन शर्माले दिउँसो चार बजे आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न लागेका हुन् ।
देशको अर्थतन्त्र जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको अवस्थामा आउन लागेको बजेटलाई चासोका साथ हेरिएको छ । तर सरकारले आसन्न सङ्घीय र प्रादेशिक चुनाव लक्षित मतदाता रिझाउने गरी महत्वाकाङ्क्षी बजेट ल्याउने तयारी गरेको छ । नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्ब रुपैयाँको सीमा निर्धारण गरेको छ ।