Logo

आज बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर



काठमाडौं, १३ कार्तिक । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागविदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलरसतिका केही मुद्रा भने महँगिएका छन्।

आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा थियो।

त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५३ पैसा छ। हिजो युरो १ को खरिदर १६४ रुपैयाँ २७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९७ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३४ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ४० पैसा र बिक्रीदर ९२ रुपैयाँ ७९ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४५९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४६० रुपैयाँ ९७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४५९ रुपैयाँ ७० पैसा र बिक्रीदर ४६१ रुपैयाँ ६६ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४४ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया दिनुहोस्