काठमाडौँ, १ मङ्सिर । आइतवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सुरक्षा व्यवस्थापन प्रभावकारी पारेको उच्चस्तरीय सुरक्षा समितिले जनाएको छ ।
सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय समेत भएको छ ।
चुनावलाई ध्यानमा राखेर आज राति १२ बजेदेखि नै नेपाल-भारत सीमा नाका बन्द गरिँदैछ ।
यसका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायमार्फत् भारतसँग समन्वय गरिएको छ । मतदान नसकिएसम्म नाकाहरू बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।







