Logo

विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री महरा



लुम्बिनी, ३० चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे प्रदेश सभामा उनले विश्वासको मत लिन लागेका हुन् ।

पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थनमा बहुमत पुर्‍याएका माओवादी केन्द्र संसदीय दलका नेता महरालाई विश्वासको मत दिन साना दलले विभिन्न शर्त राखेका छन् । केन्द्रमा सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी, जसपाले मात्र नभई प्रदेशमा सहकार्य गरेको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले मन्त्री नपाउने भए विश्वासको मत दिन नसकिने शर्त राखेका छन् ।

चार सांसद रहेको नाउपा, तीन सांसद रहेको जसपा, एक सांसद रहेको एकीकृत समाजवादी र स्वतन्त्रका सांसदको मत नपाए माओवादी र एमालेका सांसदले मात्र बहुमत पुग्दैन ।

८७ सदस्यीय प्रदेश सभामा एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा महरा यही चैत २३ गते लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्