काठमाडौं, २५ असोज । नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा थियो।
त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४८ पैसा छ। हिजो युरो १ को खरिदर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९० रुपैयाँ ३९ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९३ रुपैयाँ १८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ ५० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९० पैसा थियो।
त्यसैगरि आज कुवेती दिनार १ को खरिदर चार सय ६१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ११ पैसा छ। हिजो कुवेती दिनार १ को खरिदर चार सय ६४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ९९ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७६ रुपैयाँ र बिक्रीदर ३७७ रुपैयाँ ५९ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।